काठमाडौँ, २४ असार । विश्वकपको सेमिफाइनलमा प्रवेश गरेका चार राष्ट्रहरुले मंगलबार र बुधबार प्रतिस्पर्धा गर्नेछन् ।
सेमिफाइनल समिकरण अनुसार अब फ्रान्सले बेल्जियमसँग तथा इंग्ल्याण्डले क्रोएशियासँग प्रतिस्पर्धा गर्नेछ ।
फ्रान्सविरुद्ध बेल्जियम
यी दुई राष्ट्रबीचको खेल मंगलबार राति पौने १२ बजे सेन्ट पिटर्सवर्ग रंगशालामा हुनेछ ।
इंग्ल्याण्डविरुद्ध क्रोएशिया
यी दुई राष्ट्रबीच बुधबार राति पौने १२ बजे लुजिनिकी रंगशालामा प्रतिस्पर्धा हुनेछ ।
The post मंगलबार र बुधबार विश्वकपको सेमिफाइनल खेल appeared first on Sajha Post.