Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

बार्सिलोनामा अनुबन्धित भए ब्राजिलियन खेलाडी आर्थर

$
0
0

काठमाडौँ, २७ असार । विश्वकै प्रतिष्ठित क्लब बार्सिलोनाले आर्थर हेनरिक रामोस डी ओलिभेरालाई क्लबमा अनुबन्धित गरेको छ ।

लामो समयदेखि बार्सिलोनाले उनको खेललाई नियाली रहेको थियो ।

मिडफिल्डमा पोख्त रहेका उनलाई अन्ततः क्लबले २७.५ मिलियन पाउण्डमा अनुबन्ध गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

आर्थरलाई ६ बर्षका लागि अनुबन्ध गरेको हो ।

मिडिया रिपोर्टका अनुसार उनको ‘वाइआउट क्लज’ ३ सय ५० मिलियन पाउण्ड राखिएको छ ।

उनलाई बार्सिलोना टिमले विशेष प्राथमिकता दिने बताइएको छ ।

२१ बर्षिय आर्थरले अहिलेसम्म राष्ट्रिय टोलीमा स्थान बनाएका छैनन् ।

ब्राजिलियन स्टार खेलाडी फिलिपिन्हो कोटिन्होले बार्सिलोनामा सानदार प्रदर्शन गरिरहेका छन् ।

उनको आगमनले पनि कोटिन्होलाई थप उर्जा मिल्ने बताइएको छ ।

The post बार्सिलोनामा अनुबन्धित भए ब्राजिलियन खेलाडी आर्थर appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles