Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

खेल हारे पनि श्रीमतीको मन जित्दै मेसी, नाइट क्लबमा भेटिए

$
0
0


म्याड्रिड, ५ साउन । रसिया विश्वकपमा देशको लागि अपेक्षित प्रदर्शन गर्न नसके पनि अर्जेन्टिनी स्टार लियोनेल मेसीको चर्चा सेलाएको छैन । धेरैजसो खेलाडीहरु आ–आफ्ना क्लबमा नियमित प्रशिक्षणमा लागे पनि मेसी भने परिवारका साथ समय बिताइरहेका छन् ।

हाल बिदा मनाउन व्यस्त मेसी अहिले श्रीमती एन्टोनेला रोकुजोसँग रोमान्समा मस्त छन् । कतिपयले सामाजिक सञ्जालमा भनिरहेका छन्, ‘खेल हारे पनि मेसी श्रीमतीको मन जितिरहेका छन् ।’

बेलायती सञ्चार माध्यमहरुले बिहीबार मेसी र रोकुजोलाई बार्सिलोनाको एक नाइट क्लबमा फेला पारे । मेसी दम्पत्तिले त्यहाँ २ घन्टा समय खर्चिएको समाचार संस्थाहरुले जनाएका छन् । मेसी दम्पत्तिलाई साथ दिन सेस फाब्रिगासकी श्रीमती डानिएला सेमन पनि नाइट क्लबमा पुगिन् । डानिएला मेसी पत्नीकी बच्चैदेखिका साथी हुन् । मेसीले सकेसम्म फाब्रिगास परिवारलाई बाहिर रमाइलोमा निस्कँदा छुटाउँदैनन् ।

खेलका हिसाबले पनि मेस्सीलाई अहिले कुनै हतारो छैन । स्पेनिस लिग पछि सुरु हुने भएकाले मेसीलाई बार्सिलोना क्याम्पमा जोडिइहाल्नुपर्ने चटारो छैन । उनले यो समय परिवारका साथ बिताउने कार्यक्रम बनाएका छन् ।
-एजेन्सीको सहयोगमा

The post खेल हारे पनि श्रीमतीको मन जित्दै मेसी, नाइट क्लबमा भेटिए appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles