Quantcast
Viewing all articles
Browse latest Browse all 7991

यो तस्बिरका कारण मेसुट ओजिल विवादमा तानिए

Image may be NSFW.
Clik here to view.

काठमाडौँ, ७ साउन । टर्कीका राष्ट्रपति रिसिप इर्दोगानसँगको तस्बिर बाहिर आएपछि जर्मनीका स्टार खेलाडी मेसुट ओजिल विवादमा तानिएका छन् ।

यसै विवादका कारण उनले प्रतिक्रिया दिदै भनेका छन्, ‘म अब जर्मनीबाट खेल्नेछैन । जर्मन फुटबल एसोसियसनलाई मलाई यस्तो प्रतिक्रिया दिन बाध्य बनाएको छ ।’

इर्दोगानसँगको तस्बिरपछि ओजिलको व्यापक आलोचना भएको थियो । आर्सनलका चर्चित मिडफिल्डर ओजिल र म्यानचेस्टर सिटीका मिडफिल्डर गुडगोनले टर्कीका राष्ट्रपतिसँग फोटो खिचाएका थिए ।

लण्डनमा आयोजित एक कार्यक्रम उनीहरुबीच भेट भएको थियो । तर, उनीहरुको तस्बिर बाहिर आएपछि भने जर्मनीमा ठुलै हलचल आएको थियो । राजनीतिक विश्लेषकहरुले ओजिलको व्यापक आलोचना गरेका थिए ।

उनलाई यहाँसम्मकी विश्वकपमा पराजित हुनुको दोष पनि लगाइएको छ ।

जर्मनीको डेमोक्रेटिक मर्यादा ओजिल र गुडगोनले नाघेको राजनीतिक विश्लेषकहरुको आरोप रहेको छ ।

जर्मनीले असफल कु पछि टर्कीका राष्ट्रपतिको व्यापक आलोचना गर्दै आइरहेको छ ।

The post यो तस्बिरका कारण मेसुट ओजिल विवादमा तानिए appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles