काठमाडौँ, ७ साउन । गएराति भएको अन्तराष्ट्रिय क्लब मैत्रीपुर्ण खेलमा बोरुसिया डोर्टमण्डले सानदार कमव्याक गर्दै लिभरपुललाई ३-१ गोलले पराजित गरेको छ ।
खेलको २५ औ मिनेटमा लिभरपुलका लागि भिर्जिल भ्यान डायकले गोल गर्दै अग्रता दिलाएका थिए । तर, खेलको दोस्रो हाफमा बोरुसियाले सानदार खेल खेल्यो ।
उसका लागि क्रिस्टियन पुलिसिकले खेलको ६६ औ मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्काए । खेलको ८९ औ मिनेटमा पुलिसिकले नै गोल गर्दै पुलिसिकलाई अग्रता दिलाए ।
खेल सकिन केही समय बाँकी रहँदा डोर्टमण्डका लागि ज्याकोव लार्सेनले तेस्रो गोल गरे । जारी प्रि सिजन यात्रामा लिभरपुलको यो पहिलो हार हो ।
The post डोर्टमण्डले सानदार कमव्याक गदै लिभरपुललाई हरायो appeared first on Sajha Post.