Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

रोनाल्डोले होटलका कर्मचारीहरुलाई दिए २० हजार युरो टिप्स

$
0
0

काठमाडौँ, ६ साउन । विश्वकै स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो बिदा मनाइरहेका छन् । हालै प्रकाशित एक समाचार अनुसार एक ग्रिक होटलका कर्मचारीहरुलाई रोनाल्डोले २२ हजार युरो टिप्स दिएका छन् ।

दानी स्वभावका रोनाल्डो ग्रिसमा बिदा मनाइरहेका छन् । उनले आफु बसेको एक होटलका कर्मचारीहरुलाई यति ठुलो टिप्स दिएका हुन् ।
ती कर्मचारीहरुले रोनाल्डोलाई आवश्यक पर्ने सबै सुविधा दिएका थिए भने पापाराजीबाट समेत बचाएका थिए । उनले १० जना कर्मचारीलाई दुईदुई हजारका दरले टिप्स दिएका हुन् ।

उनले द रोयल मेथोनी भिल्लामा परिवारसहित १० दिन बिताएका थिए ।

यसै सिजन रियल मड्रिडबाट इटालियन क्लब युभेन्ट्समा अनुबन्ध भएका रोनाल्डो कर छलीमा हुनसक्ने सम्भावित जेल सजायबाट बच्न स्पेन छोडेको समाचारहरु भाइरल भइरहेको छ ।

उनलाई युभेन्ट्सले १०० मिलियन युरोमा आफ्नो क्लबमा अनुबन्ध गरेको हो ।

The post रोनाल्डोले होटलका कर्मचारीहरुलाई दिए २० हजार युरो टिप्स appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles