काठमाडौँ, ६ साउन । चेल्सीमा पछिल्लो पटक धेरै समस्या भएको देखिएको छ ।
असन्तुलित खेलका कारण गएको सिजन चेल्सीले पाँचौ स्थानमा चित्त बुझाएको थियो । यस सिजन केही उत्कृष्ट खेलाडीले क्लब छोड्न चाहेको खबर बाहिर आइरहेको छ ।
चेल्सीका स्टार खेलाडी इडिन हजार्डले रियल मड्रिड जाने हल्ला चलिरहेको छ ।
तर, उनका टिममेट सेस फ्राविगासले इडिन हजार्ड चेल्सीमा नै रहनु पर्ने बताएका छन् । चेल्सीलाई उनको आवश्यकता रहेको फ्राविगासले बताए । उनले भनेका छन्, ‘चेल्सीका धेरै खेलाडी क्लब छोड्न खोजेको समाचारहरु बाहिर आएका छन् । तर, चेल्सीलाई पुन एकपटक उपाधि दिलाउन हरेक खेलाडीले आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्ने बेला आएको छ ।’
उनले भनेका छन्, ‘हजार्ड उत्कृष्ट खेलाडी हुन् । उनी चेल्सीमा नै रहने अपेक्षा मैले लिएको छु ।’
The post ‘चेल्सीलाई हजार्डको आवश्यकता छ’ appeared first on Sajha Post.