Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

पोग्वालाई सुटुक्क अनुबन्ध गर्ने तयारीमा बार्सिलोना !

$
0
0

काठमाडौँ, ६ साउन । विश्वकप विजेता पोउल पोग्वालाई बार्सिलोनाले सुटुक्क किन्न लागेको मिडिया रिपोर्टमा उल्लेख छ ।

गएको सिजन पोउल पोग्वा र म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोउरिन्होसँग सम्बन्ध बिग्रिएको थियो ।

उनलाई बेन्चमा बस्न बाध्य पारेपछि पोग्वाले म्यानु छोड्ने निर्णय गरेको बताइएको थियो ।

यस्तैमा बार्सिलोना क्लबले आफ्नो मिडफिल्ड सुधारका लागि पोउल पोग्वा ठीक हुने भन्दै अनुबन्ध गर्न प्रयास गरिरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

युभेन्ट्सबाट म्यानु आएका पोउल पोग्वाले विश्वकपमा गरेको खेल प्रदर्शनका कारण पनि बार्सिलोना क्लब निकै प्रभावित भएको बताइएको छ ।

बार्सिलोना स्टार खेलाडी लियोनल मेस्सीले पनि उनलाई अनुबन्ध गर्न क्लबलाई सुझाव दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

विश्वकपको अन्तिम १६ मा फ्रान्सले अर्जेन्टिनालाई पराजित गरेको थियो ।

The post पोग्वालाई सुटुक्क अनुबन्ध गर्ने तयारीमा बार्सिलोना ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles