काठमाडौँ, ६ साउन । पछिल्लो समय नयाँ खेलाडीहरु अनुबन्ध गर्न बार्सिलोना व्यस्त रहेको छ । यसै सिजन बार्सिलोनासँग ५ वर्षको लागि सम्झौता गरेको फ्रान्सका डिफेन्डर क्लिमेन्ट लेंगलेटले अब आफूले लियोनल मेसीविरुद्ध खेल्न नपर्ने बताएका छन् ।
उनले भनेका छन्,‘म एकदमै खुसी छु । अब मैले मेस्सीविरुद्ध खेल्न पर्ने छैन ।’
उनले थप्दै भनेका छन्, ‘मेस्सी विश्वकै सर्वोत्कृष्ट फुटबल खेलाडी हुन् । उनलाई रोक्न लगभग असम्भवजस्तै छ । खेल मैदानमा डिफेण्डरहरुको सबैभन्दा ठुलो चुनौती मेस्सी नै हुन् ।’
सेभियाबाट दुई साता अघि मात्रै आएका लेंगलेट अहिले सहकर्मीहरुसँगै प्रि–सिजनको लागि अभ्यास गरिरहेका उनले मेस्सीबारे बोल्दै भने ‘यदी तिमीसँग भाग्य छ भने मेसीलाई रोक्न सक्छौं तर कसैले तिमीलाई खेल मैदान बाहिर पुर्यादिनसक्छ ।’
The post ‘अब मैले मेस्सीविरुद्ध खेल्नुपर्ने छैन’ appeared first on Sajha Post.