Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

आरोपै आरोपहरुले घेरिएपछि ओजिलले लिए अन्तराष्ट्रिय फुटबलबाट सन्यास

$
0
0

काठमाडौँ, ७ साउन । जर्मनीका स्टार खेलाडी मेसुट ओजिलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । उनको यो निर्णयले धेरै फ्यानहरुलाई आश्चर्य चकित पारेको छ । उनीमाथि अनादर र नस्लबादको आरोप लागेपछि निकै दुःखका साथ आइतबार राति एक विज्ञप्ति जारी गर्दै सन्यास लिएको घोषणा गरेका हुन् ।

उनले भनेका छन्, ‘विश्वकपमा मेरो कारण जर्मनी पराजित भएको आरोप मलाई लगाइयो । मलाई नस्लवाद र अनादर गरेको आरोप लगाइयो ।’

लण्डनमा भएको एक कार्यक्रममा टर्कीका राष्ट्रपति रिसेप इर्डोगनसँगको तस्बिर सार्वजनिक भएको थियो । त्यसपछि उनी विवादमा तानिएका थिए । जर्मनीका दलहरुले ओजिलले टर्कीको समर्थन गरेको आरोप लगाउदै आएका थिए ।

ओजिलले भनेका छन्, ‘यो निर्णय मेरो लागि कठिन हो किनभने मेरो टिममेट, प्रशिक्षक र जर्मनीका असल जनताले मलाई सबै दिएका थिए । मैले सपनामा पनि सोचेको थिइन, ममाथि यति धेरै र तल्लो स्तरका आरोप लाग्नेछन् ।’

ओजिलले राष्ट्रिय टोलीका लागि ९२ खेल खेलिसकेका छन् भने राष्ट्रिय टोलीका लागि २३ गोल गरिसकेका ओजिल सन् २०१४ को विश्वकप जित्दा जर्मनीका मुख्य खेलाडी रहेका थिए ।

हाल आर्सनलबाट व्यवसायिक खेल खेल्दै आइरहेका उनले प्रिमियर लिगमा उपाधि जित्ने तर्फ ध्यान दिने बताएका छन् ।

The post आरोपै आरोपहरुले घेरिएपछि ओजिलले लिए अन्तराष्ट्रिय फुटबलबाट सन्यास appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles