Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

जब रोनाल्डोले शिक्षकलाई कुर्चीले हाने…

$
0
0

काठमाडौँ, ७ साउन । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको जन्म सन् १९८५ फ्रेबअरी ५ मा भएको हो । उनले फुटबल जगतमा धेरै रेकर्डहरु बनाउन सफल भएका छन् । उनीबारे धेरै रोचक तथ्यहरु रहेका छन् । उनको पुरा नाम क्रिस्टियानो रोनाल्डो डोस सान्टोस एभिइरो हो ।

बच्चामा उनलाई ‘क्राइ–बेबी’ भनेर बोलाउने गरिन्थ्यो । उनकी आमा डोलोरेन्स एभिइरो भन्छिन्,‘जब उ स्कुलबाट घर आउथ्यो तब म उसलाई गृहकार्य गर्न भन्थे । म खाना बनाउन लाग्थे । तर, उ गृहकार्य नै छैन भन्दै झ्यालबाट हाम फालेर खेल्न जान्थ्यो । फुटबल खेल्दा जब उसले बल पास दिन्थ्यो र उसका साथीहरुले गोल गर्न सक्दैनथे तब उ निकै कराउने गथ्र्यो । मानिसहरु उसलाई ‘क्राई–बेबी’ र ‘लिटल बी’ भनेर बोलाउने गर्थे । उसलाई दौडमा कसैले पनि भेट्टाउन सक्दैन्थे ।’

ग्रीसमा अझै पनि रोनाल्डोलाई ‘क्राइ–बेबी’ भनेर बोलाउने गर्छन् । सन् २००४ को युरो कपमा ग्रीससँग पराजित भएपछि उनी निकै रोएका थिए ।

रोनाल्डो आफ्नो स्कुले जीवनमा निकै चर्चित थिए । तर, उनी १४ वर्षको उमेरमा स्कुलबाट निकालिएका थिए । उनले शिक्षकलाई कुर्चीले हानेका थिए । रोनाल्डोका अनुसार शिक्षकले उनलाई सम्मान गरेका थिएनन् । यो नै उनको जीवनको टर्निङ प्वाइन्ट बन्न पुग्यो । रोनाल्डोकी आमाले अब फुटबलमामात्र ध्यान बनाउन भनेपछि उनले फुटबललाई करिअरको रुपमा लिए । केही वर्षमा नै उनी विश्व चर्चित खेलाडी बन्न पुगे ।

रोनाल्डोले पहिलो पटक अनुबन्ध भएको स्थानीय क्लब नासिओल हो । उक्त क्लबबाट उपाधि जितेपछि उनी तीन दिने ट्रायलका लागि स्पोटिङ सिपी क्लब गएका थिए । स्पोटिङ लिसबोनका प्रशिक्षक पाउलो कारडोसो, रोनाल्डोका पहिलो फुटबल प्रशिक्षक पनि थिए, उनले भने,‘जब उसलाई बल पास दिइन्थ्यो तीन–चार जना खेलाडी उ आरामले छक्काउने गथ्र्यो । मलाई लाग्यो यो कुनै सामान्य खेलाडी होइन् । उ ‘स्पेशल–वन’ हो ।

The post जब रोनाल्डोले शिक्षकलाई कुर्चीले हाने… appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles