Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

नेपाली क्रिकेट टोलीको दोस्रो अभ्यास खेल आज

$
0
0


काठमाडौं, ७ साउन । इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक टी–ट्वान्टी सिरिज र नेदरल्याण्डसँगको एकदिवसीय क्रिकेट सिरिजको लागि युरोप भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आज दोस्रो अभ्यास खेल खेल्दैछ । नेपालले आज इंग्ल्यान्डको स्थानीय क्लब सेन्ट क्रससँग दोस्रो अभ्यास खेल खेल्न लागेको हो ।

नेपालले सेन्ट क्रससंग टी–ट्वान्टी खेल खेल्नेछ । यसअघि शनिबार भएको पहिलो अभ्यास खेलमा नेपालले ह्यामसायर होग्सलाई २४३ रनले हराएको थियो । नेपालको जितमा कप्तान पारस खड्काले १ सय ६१ रनको शतकीय पारी खेल्नु भएको थियो ।

यस्तै नेपालले जुलाई २५ मा इष्ट लन्डन ११ विरुद्ध ५० ओभरको खेल खेल्नेछ । त्यसपछि नेपालले अन्तिम अभ्यास खेलमा इष्ट लन्डन शार्कसंग जुलाई २६ मा टी–ट्वान्टी खेल खेल्नेछ । चार अभ्यास खेलपछि नेपालले क्रिकेटको मक्का मानिने इंग्ल्यान्डको लर्ड्समा जुलाई अन्तिम साता हुने त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्ने छ ।

नेपाल, नेदरल्याण्ड र मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) बीच लर्ड्समा हुने त्रिकोणात्मक सिरिज जुलाई २९ मा हुनेछ । एकदिने त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र नेदरल्याण्डबीचको खेललाई आइसीसीले अन्तर्राष्ट्रिय मान्यता दिईसकेको छ ।

त्रिकोणात्मक सिरिजपछि नेपाली टोली एकदिवसीय क्रिकेटको डेब्यु खेल खेल्न नेदरल्याण्ड जानेछ । नेपालले एमस्ट्राडममा घरेलु टोलीसंग अगस्ट पहिलो साता ऐतिहासिक एकदिवसीय क्रिकेट सिरिज खेल्दैछ । नेपाल र नेदरल्याण्डबीचको एकदिवसीय सिरिज अगस्ट १ र ३ मा हुनेछ ।

The post नेपाली क्रिकेट टोलीको दोस्रो अभ्यास खेल आज appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles