Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

यी दुई खेलाडी बेच्ने तयारीमा लिभरपुल

$
0
0

काठमाडौँ, ८ साउन । लिभरपुलले पछिल्ला केही दिनमा स्टार खेलाडीहरु अनुबन्ध गर्यो । तर, क्लबमा रहेका केही खेलाडीहरुलाई भने यस सिजन खेल्ने मौका नपाउने भएपछि क्लब छोड्न लागेको बताइएको छ ।

गोलरक्षक सिमोन मिंनोलेट र डिभोग ओरिगीलाई ७० मिलियन पाउण्डमा बेच्न खोजेको मिडिया रिपोर्टमा उल्लेख छ ।

क्लबले रोमाबाट एलिसनलाई अनुबन्ध गरेपछि उनको खेल्ने मौका कम भएको हो ।

क्लबले एलिसनलाई ६७ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो । मिंनोलेटलाई बार्सिलोना क्लबले अनुबन्ध गर्न खोजेको बताइएको छ ।

पछिल्लो समय उनी बार्सिलोना जाने हल्लाले लिभरपुलले पनि विकल्पका रुपमा अर्को गोलरक्षक खाजेको मिडिया रिपोर्टमा उल्लेख छ । त्यस्तै अर्का बेल्जियम खेलाडी डिभोग ओरिगीलाई भ्यालेनसियाले अनुबन्ध गर्न खोजेको बताइएको छ ।

The post यी दुई खेलाडी बेच्ने तयारीमा लिभरपुल appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles