Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

मेस्सीबारे केही रोचक कुराहरु

$
0
0

काठमाडोँ, ८ साउन । सायद कमैलाई थाहा छ लियोनल मेस्सीको मिडल नेम पनि रहेको छ । विश्वकै सर्वोत्कृष्ट खेलाडीको मिडल नेम ‘एन्ड्रिस’ हो । यो नाम उनलाई उनको पिताले दिएका हुन् । यो नाम दिनुमा परिवारका सदस्यहरुको आफ्नै मान्यता रहेको छ । उनीहरुका अनुसार मेस्सीका पुर्वजहरु इटालियनबाट बसाइ सरेर अर्जेन्टिनाको रोसारियो क्षेत्रमा आएका थिए । मेस्सीको यस नामबारे कमैलाई थाहा छ । उनको पुरा नाम लियोनल एन्ड्रिस मेस्सी हो ।

लियोनल मेस्सीबारे एउटा स्ट्राइकिङ तथ्य रहेको छ । उनी विश्वकै चर्चित होचा स्टाइकरमा गनिन्छन् । उनको उचाइ १.६९ मिटर रहेको छ । उनको शरीरको उचाइ अन्य फुटबल खेलाडीहरुलाई लिएर तुलना गर्ने हो भने मेस्सीले शक्तिशाली डिफेन्सलाई कडा चुनौती दिने गरेका छन् । धेरै डिफेण्डरहरु लियोनल मेस्सीलाई रोक्न एकदमै कठिन हुने बताउँछन् ।

फुटबललाई आफ्नो खुट्टामा राखि राख्न उनी विभिन्न ट्रिकको प्रयोग गर्छन् । अन्य खेलाडीहरुको जस्तोसुकै चुनौतीलाई पनि मात दिन उनी तयार रहेका हुन्छन् ।

उनीबाट बल खोस्न अरु खेलाडीहरुलाई हम्मेहम्मे पर्छ ।

लियोनल मेस्सीले आफ्नो फुटबल करिअर ‘निवेल्स ओल्ड बोएज फुटबल क्लब’ बाट सुरु गरेका हुन् । उनले सन् १९९५ देखि २००० सम्म उक्त क्लबमा रहेर फुटबल खेलेका थिए । त्यसपछि उनले फुटबल क्लब बार्सिलोनामा आवद्ध भएका थिए ।

निकै कलिलो उमेर बार्सिलोना क्लबमा आवद्ध भएका मेस्सीको कला कौशल देखेपछि उनको उपचार खर्च समेत व्यहोर्ने सहमतिमा उनी बार्सिलोना क्लब गएका थिए । न्यापकिन पेपरमा उनले पहिलो कन्ट्रयाक गरेका थिए ।

The post मेस्सीबारे केही रोचक कुराहरु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles