काठमाडोँ, ८ साउन । गएको सिजन एकजना खेलाडी अनुबन्ध नगरेको रियल मड्रिडले यस सिजन टोली बलियो बनाउन ठुलै लगानी गरिरहेको छ । त्यस्तै क्रिस्टियानो रोनाल्डोले समेत रियल छोडेपछि रियल स्टार खेलाडीहरुको खोजीमा रहेको छ ।
रियलले १९ बर्षिय युक्रेनी युवा गोलकिपर एन्ड्री लुनिनलाई अनुबन्ध गरेको छ । रियलले सोमबार लुनिनलाई क्लबको खेलाडीको रुपमा सार्वजनिक गरेको थियो ।
रियलले युक्रेनी क्लब जोर्या लुहान्स्कबाट १४ मिलियन युरोमा अनुबन्ध गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।
रियलले यो सिजन दुई युवा खेलाडीलाई क्लबमा भित्र्याउन सफल भएका छन् । यसअघि रियलले ब्राजिलका १८ बर्षीय फरवार्ड भिनिसस जुनियरलाई ६ बर्षको लागि क्लबमा अनुबन्ध गरेको थियो ।
The post एन्ड्री रियल मड्रिडमा अनुबन्धित appeared first on Sajha Post.