काठमाडोँ, ८ साउन । विश्वकप विजेता काइलिएन एमबाप्पेले यस वर्षको बेलोन डि ओरका जित्न सक्ने सम्भावित खेलाडीहरुको नाम लिएका छन् ।
केही दिन अघि रियल नजाने घोषणा गरेका उनी यस वर्षका बेलोन डि ओर जित्नसक्ने एक बलिया प्रतिस्पर्धी हुन् । उनले भनेका छन्, ‘यस वर्षको बेलोन डि ओर नेयमार, लुका मोड्रिक, राफायल भराने र क्रिस्टियानो रोनाल्डो जित्न सक्ने सम्भावना बलियो रहेको छ ।’
उनले विश्वकै अर्का उत्कृष्ट खेलाडी लियोनल मेस्सीको नाम भने लिएनन् ।
बार्सिलोना स्टारले ५४ खेलमा ४५ गोल गरेका थिए । उनले नाम लिएका स्टार खेलाडीहरुको लिग यात्रा र विश्वकप यात्रा सानदार रहेको थियो ।
त्यस्तै प्रिमियरलिगमा सानदार खेल खेलेका मोहमम्द सलाहा पनि उनको रोजाइमा परेनन् । उनले गएको सिजन ४२ गोल गरेका थिए ।
विश्वकपमा सानदार खेल प्रदर्शन गरेका एमबाप्पे गएको सिजन १६६ मिलियन पाउण्डमा मोनाकोबाट पिएसजी क्लब आएका थिए ।
The post एमबाप्पेको नजरमा बेलोन डिओर जित्न सक्ने सम्भावित खेलाडीहरु appeared first on Sajha Post.