एजेन्सी, ९ साउन । बल टेम्परिङको विवादमा एक वर्षका लागि प्रतिबन्ध झेलिरहेका अष्ट्रेलियाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान स्टीभ स्मिथ अब केरेबियन प्रिमियर लीगमा खेल्दैछन् । उनले केरेबियन प्रिमियर लीग सिपिएल २०१८ मा बारबाडोस ट्राइडेंट्सको साथ करार सम्झौता गरेका छन् ।
स्मिथ पाँच वर्षमा पहिलोपटक टुर्नामेन्ट खेल्दैछन् । उनले यस अघि २०१३ मा एंटीगुआ हक्सबिलको साथमा खेल खेलेका थिए । स्मिथलाई यो टुर्नामेन्टमा बारबाडोस ट्राइडेंट्सले बंगलादेशका स्टार खेलाडी कप्तान शाकिब अल हसनको सट्टामा लिइएको हो ।
बल टेम्परिङको विवादपछि २९ वर्षीये स्मीथले हालै समाप्त भएको ग्लोबल टी २० क्यानडा लीगमा टोरेन्टो नेशनल्सको साथ खेल्दै धेरै महिनापछि मैदानमा कमब्याक गरेका हुन् ।
सिपिएल २०१८ मा ६ टोली संलग्न हुँदैछन् । यो टुर्नामेन्ट ८ अगस्टबाट सुरु भएर १६ सेप्टेम्बरमा समाप्त हुँदैछ ।
The post प्रतिबन्धित स्टीभ यो टोलीसँग करारमा गर्दैछन् कमब्याक appeared first on Sajha Post.