काठमाडौं, ३० कात्तिक । नेपाली फुटबल टोलीले अाज एसियाली फुटबल महासंघद्वारा अायोजित एएफसी सोलिडारिटी कपको फाइनल खेल खेल्दैछ ।
सोलिडारिटी कपमा नेपालले पहिलो पटक फाइनल यात्रा तय गरेको हो । मलेशियामा जारी सोलिडारिटी कपमा नेपालले मंगलबार मकाउबिरुद्ध भिड्न लागेको हो । सो खेल मलेशियाको सारावाक स्टेट रंगशालामा साँझ ५:१५ बाट सुरु हुँदैछ ।
नेपाली प्रशिक्षक ग्योतुकी कोजुले पत्रकार सम्मेलन मार्फत नेपाली टोलीको प्रदर्शनबाट विश्वस्त बनेको बताएका थिए । साथै उनले नेपाली टिमले यस उपाधि जित्ने अाशा व्यक्त गरेका थिए ।
नेपालले समूह चरणमा एक खेलमा जित र एकमा बराबरीको नतिजा निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको थियो । नेपालले समिफाइनको खेलमा लाअोसलाई टाइब्रेकरमा हराउँदै फाइनलमा पुगेको हो ।
यस्तै नपाले दक्षिण एसियाली फुटबलमा स्वर्ण पदक जित्नुका साथै बंगबन्धु कप समेत उचालेको थियो । अाजको खेल नेपालले जितेमा लगातार तिनवटा प्रतिष्ठित खेल जितेर उपाधिमा ह्याट्रिक गर्ने छ ।
नेपाल र मकाउ यसअघि ५ पटक अामनेसामने भएका छन् । जसमा नेपालले तीन खेलमा विजय भएको छ भने एकमा बराबरी गरेको थियो ।
The post उपाधिमा ह्याट्रिक गर्ने दाउमा नेपाली फुटबल, अाज मकाउबिरुद्ध फाइनल खेल्ने appeared first on Sajha Post.