Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

एएफसी सोलिडारिटी कपको उपाधि नेपाललाई, २३ वर्ष लाग्यो यो दिन आउन

$
0
0

काडमाडौं, ३० कात्तिक । मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ । यससँगै नेपाली राष्ट्रिय टिमले २३ वर्षपछि अन्तराष्ट्रिय स्तरको आधिकारिक प्रतियोगितामा उपाधि हात पारेको छ ।

यद्यपी उमेर समूह र अन्य प्रतियोगितामा गरी नेपालले खेलेका पछिल्ला तीन प्रतियोगितामा यो तेस्रो उपाधि हो ।
nepal-champion
नेपालले पछिल्लो दुई वर्षमा यसबाहेक नै उमेर समूहका दुई र एक अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता (बंगबन्धु गोल्डकप)को उपाधि जितिसकेको छ ।

२०७२ भदौमा सातदोबाटोमा जितेको साफ यु–१९ च्याम्पियनसिप र फागुनमा भारतमा जितेको साग फुटबलको उपाधि दुवै उमेर समुहका थिए । गत माघमा बंगलादेशमा जितेको बंगबन्धु गोल्डकपलाई पनि अन्तर्राष्ट्रिय स्तरको मान्यता थिएन ।

त्यसैले पनि सन १९९३ मा बंगलादेशमा सम्पन्न छैटौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ हालको साग)मा जितेको उपाधि नेपाली राष्ट्रिय टोलीका लागि अन्तराष्ट्रिय स्तरको पछिल्लो उपाधि थियो । त्यतिबेला यु-२३ नभएर राष्ट्रिय टोलीले नै प्रतियोगितामा सहभागिता जनाउँथ्यो । यसको २३ वर्षपछि आएर नेपालले अर्को प्रतिष्ठित उपाधि उचालेको हो ।

मकाउविरुद्ध १-० को जित दर्ता गरेर नेपाललाई उपाधि जिताउने क्रममा सुजल श्रेष्ठ नायक सावित भए । भरत खवासको सुन्दर क्रसमा सुजलले हेडमार्फत ३०औं मिनेटमा गरेको गोल नेपालको जितमा निर्णायक सावित भयो ।

सोलिडारिटी कपको यो पहिलो संस्करण हो । यससँगै नेपालले प्रतियोगिताको पहिलो च्याम्पियन बन्ने इतिहास पनि कायम गरेको छ ।

The post एएफसी सोलिडारिटी कपको उपाधि नेपाललाई, २३ वर्ष लाग्यो यो दिन आउन appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images