Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

पिएसजीविरुद्ध आर्सनलले गोलको वर्षात् गरेपछि…

$
0
0

काठमाडौँ, १३ साउन । गएराति भएको अन्तराष्ट्रिय च्याम्पियन्स कपमा आर्सनलले पिएसजीविरुद्ध गोलको वर्षात् गरेको छ । सानदार खेल प्रर्दशन गरेको आसर्नलले पिएसजीलाई ५-१ गोलले पराजित गरेको हो ।

खेलको १३ आँै मिनेटमा मेसुट ओजिलले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।

खेलको ६० औ मिनेटमा क्रिस्टोफरको गोलमार्फत पिएसजीले बराबरी गोल फर्काएको थियो । तर, त्यसपछि भने पिएसजीले खेलमा सन्तुलन गुमाउन पुग्यो ।

आर्सनलका लागि एलेक्जेण्डर लाकाजेटीले खेलको ६७ औ र ७१ औ मिनेटमा गोल गरे । खेलको ८७ औ मिमनेटमा रब होल्डिङले गोल गरे ।

चार गोलले अग्रता बनाएको आर्सनलका लागि खेल सकिन केही मिनेट बाँकी रहँदा इवार्डले गोल गरेका थिए ।

The post पिएसजीविरुद्ध आर्सनलले गोलको वर्षात् गरेपछि… appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles