काठमाडौँ, १३ साउन । गएराति भएको अन्तराष्ट्रिय च्याम्पियन्स कपमा चेल्सीले इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा पराजित गरेको छ ।
निर्धारत समयको खेल एकएक गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
खेलमा सुरुवाती अग्रता चेल्सीले लिएको थियो ।
चेल्सीका लागि पेद्रो रोद्रिगेज खेलको ८ औ मिनेटमा गोल गरेका थिए ।
तर, दोस्रो हाफको ४९ औ मिनेटमा इन्टरका लागि रोबर्टोले बराबरी गोल फर्काए ।
९० मिनेटसम्म बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा इन्टर मिलान चुक्दा चेल्सीले छ ५-४ गोलको जित निकाल्न सफल भएको थियो ।
The post इन्टर मिलानविरुद्ध चेल्सीको कठिन जित appeared first on Sajha Post.