काठमाडौं, १४ साउन । एसियाडको तयारीका लागि बन्दसत्रमा रहेका बेला खेलाडीहरु डिस्कोमा गएर मदिरा सेवन गरी होहल्ला गरेको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले कारबाही अघि बढाएको छ। बिमल घर्तीमगरसहित ५ जना खेलाडीलाई अनुशासन विपरित गतिविधि गरेको भन्दै एन्फाले सोमबार स्पष्टिकरण समेत सोधेको छ ।
कारवाहीमा पर्नेहरुमा बिमलसहित बिशाल राई, अञ्जन बिष्ट, छिरिङ गुरुङ र हेमन्त थापा मगर रहेका छन् । उनीहरुले गत शनिवार डिस्कोमा गएर मदिरा सेवन गरेको भन्दै एन्फाले कारवाही प्रक्रिया अघि बढाएको हो । सोमबार एन्फा अनुशासन कमिटिको बैठक बस्दै
ती खेलाडीहरुसँग स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।
The post डिस्कोमा जाने बिमल घर्तीसहित पाँच खेलाडी कारवाहीमा appeared first on Sajha Post.