Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

रोनाल्डो सामान्य खेलाडी, मेस्सी उत्कृष्ट खेलाडीः प्रशिक्षक साइमन

$
0
0

काठमाडौँ, १४ साउन । एट्लेटिको मड्रिडका प्रशिक्षक डिएगो साइमनले क्रिस्टियानो रोनाल्डोभन्दा लियोनल मेस्सी जहिले पनि आफ्नो पहिलो रोजाइमा पर्ने खेलाडी भएको बताएका छन् ।

उनले भनेका छन्, ‘बार्सिलोनामा प्रत्येक सिजन नयाँ स्टार खेलाडीहरु आउने गरेका छन् । उत्कृष्ट खेलाडीहरुका माझ सदा उत्कृष्ट हुनु एउटा उपलब्धि हो र यसलाई मेस्सीले प्रमाणित गरेका छन् ।’

उनले भनेका छन्, ‘जब म मेस्सी र रोनाल्डोकोबारेमा बोल्छु तब को उत्कृष्ट खेलाडी भन्ने तर्क चाँहि गर्दिन ।’
उनले थप्दै भने,’यदी उनीहरुमध्ये कुनै एकलाई साधारण क्लबमा अनुबन्ध गर्न छ भने म रोनाल्डोलाई अनुबन्ध गर्थे । उ साधारण खेलाडीहरुसँग खेल्ने हैसियत राख्छ ।’
उनका अनुसार मेस्सी उत्कृष्ट खेलाडीहरुका माझ रहेर पनि उत्कृष्ट रहन सफल रहेका कारण पनि रोनाल्डोभन्दा पनि मेस्सी उत्कृष्ट छन् ।

The post रोनाल्डो सामान्य खेलाडी, मेस्सी उत्कृष्ट खेलाडीः प्रशिक्षक साइमन appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles