काठमाडौँ, १४ साउन । विश्वकप विजेता फ्रान्स तथा इंलिस क्लब म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी पोउल पोग्वा यतिखेर बिदा मनाइ रहेका छन् । फ्रान्सलाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका उनी अमेरिकामा बिदाइ मनाइरहेका छन् ।
उनीबारे अचम्म लाग्दो तस्बिर सार्वजनिक भएपछि उनी चर्चामा आएका हुन् । बिदामा रमाइरहेका पोग्वा अर्जेन्टिनाको जर्सी लगाएको अवस्थामा देखिएका थिए । उनले अर्जेन्टिनाको २१ नम्बरको जर्सी लगाएर हिँड्दै गरेको तस्बिर सार्वजनिक भएको हो ।
अर्जेन्टिनामा २१ नम्बरको जर्सी युवा फरवार्ड पाउलो डिबालाले लगाउँछन् जो इटालियन क्लब युभेन्टसबाट पनि व्यवसायिक फुटबल खेल्दै आइरहेका छन् । केही वर्ष अगाडिसम्म पोग्वा र ड्याबला युभेन्ट्सबाट सँगै खेल्ने गर्थे । उनीहरुबीच राम्रो मित्रता पनि रहेको छ ।
डिबालासँगको मित्रताकै कारण पोग्बाले ड्याबलाको जर्सी लगाएको हुन सक्ने अनुमान गरिएको छ । रसियामा सम्पन्न विश्वपकको अन्तिम १६ मा फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोलले पाखा लगाएको थियो ।
The post पोग्वाले किन लगाए अर्जेन्टिनाको जर्सी ? appeared first on Sajha Post.