काठमाडौँ, १८ साउन । आन्द्रेज यसअघिका कप्तान इनियष्टा जापनिज क्लबमा आबद्ध भएसँगै बार्सिलोना कप्तानबिहिन भएको थियो । बार्सिलोनाले प्रि–सिजन सके लगत्तै नयाँ कप्तान चुन्ने भएको छ । हाल प्रि–सिजनको लागि अमेरिकामा रहेको बार्सिलोनाले सर्जी रोबर्टो, राफिन्हा, ज्यास्पर सिलेसनलाई कप्तान बनाएको छ ।
मिडिया रिपोर्टका अनुसार बार्सिलोनाले मोरक्कोमा सेभियासँग हुने स्पेनिस सुपर कपको फाइनलअघि कप्तान तोक्नेछ ।
अब कप्तानको जिम्मा लियोनल मेस्सीले पाउनेछन् ।
त्यस्तै तेस्रो स्थानमा रहेका सर्जियो बुस्क्वेट् दोस्रो कप्तान बन्नेछन् । चौथो स्थानमा रहेको जाभियर मास्चेरानो पनि चिनिया क्लब गएसँगै तेस्रो र चौथो कप्तान बार्सिलोनाले तय गर्नेछ ।
समाचारहरुमा जनाइए अनुसार तेस्रो कप्तानको भूमिका डिफेन्डर जेरार्ड पिकेलाई दिने सम्भावना रहेको छ ।
The post अब बार्सिलोनाको कप्तान लियोनल मेस्सी appeared first on Sajha Post.