काठमाडौँ, १८ साउन । चिली तथा बार्यन म्युनिखका चर्चीत खेलाडी अर्टुरो भिडाललाई बार्सिलोनाले किन्न लागेको मिडिया रिपोर्टमा उल्लेख छ ।
म्यालकम, आर्थर जस्ता खेलाडीहरु किनेको बार्सिलोना भिडाललाई समेत अनुबन्ध गर्ने दाउमा रहेको छ ।
यस सिजन बलियो युवा टोली निर्माण गर्ने तयारीमा जुटेको बार्सिलोना अन्तिम एकजना खेलाडी अनुबन्ध गर्न खोजेको बताइएको छ ।
बार्सिलोनाले गएको सिजन फिलिपिन्हो कोटिन्हो र डेम्बेलेलाई अनुबन्ध गरेको थियो । उनीहरुले खेलमा राम्रो प्रभाव जमाउन सफल भएका थिए ।
यस सिजन भिडाललाई अनुबन्ध गर्न खोजेको बार्सिलोनाले करिब २० मिलियन युरो तिर्नुपर्नेछ । उनलाई एसी मिलानले पनि अनुबन्ध गर्न खोजेको बताइएको छ ।
The post भिडाललाई अनुबन्ध गर्ने तयारीमा बार्सिलोना appeared first on Sajha Post.