Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

युनिभर्सिटी जुडो च्याम्पियनसिपमा नेपालले जित्यो २ स्वर्ण

$
0
0

काठमाडौं, २० साउन । थाइल्यान्डको बैंककमा भएको नर्थ बैंकक थाइल्यान्ड युनिभर्सिटी जुडो च्याम्पियनसिपमा नेपालले २ स्वर्ण सहित १ रजत र १ कांस्य जितेको छ ।

नेपालका तर्फबाट पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ र महिला ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधानले नेपाललाई स्वर्ण जितेका हुन् । १५ प्रतिस्पर्धी सहभागी स्पर्धामा इन्द्रले ४ खेलाडीलाई पराजित गरेका हुन् ।

महिला ५७ केजीमुनिका ११ खेलाडी सहभागी थिए ।

महिला ७८ केजीमुनि पुनम श्रेष्ठले रजत जितिन् भने महिला ५२ केजीमुनि देविका खड्काले कांस्य हात पारेकी हुन् ।

The post युनिभर्सिटी जुडो च्याम्पियनसिपमा नेपालले जित्यो २ स्वर्ण appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles