एजेन्सी, २१ साउन । म्यानचेस्टर सिटीबाट मैदानमा उत्रिरहेका सर्जियो अगुरोले आइतबार चेल्सीको पोस्टमा दुई गोल गरे । उनको गोल नै सिटीको जितको लागि निर्णायक बन्यो । उनकै गोलको मद्दतमा सिटीले कम्युनिटी फुटबलको उपाधि पनि उचाल्यो ।
अगुरोको उक्त गोल क्लबको सफलता मात्र नभएर आफ्नो करिअरका लागि पनि महत्वपूर्ण बन्यो । त्यही दुई गोलको मद्दतमा उनले क्लब फुटबलमा २ सय गोल पूरा गरेका छन् ।
कम्युनिट शिल्डको उपाधिका लागि चेल्सी विरुद्ध मैदान उत्रिएका अगुरोले म्यानचेस्ट सिटीका लागि गोल गर्दै अगुरोले क्लब फुटबलमा २ सय गोल पूरा गरेका हुन् ।
अर्जेन्टिनी खेलाडी अगुरोले २००६/ ०७ को सिजनमा एथलेटिको मड्रिडबाट क्लब करियर शुरु गरेका थिए । २०११ मा उनी म्यानचेस्टर सिटी आए । सिटीबाट उनले अहिलेसम्म ३२ गोल गरेका छन् । उनी गोलका दृष्टीले शीर्ष स्थानमा छन् ।
The post अगुरोले पूरा गरे क्लब फुटबलमा २ सय गोल appeared first on Sajha Post.