Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

‘म बार्सिलोना जान्नँ’

$
0
0

काठमाडौँ, २२ साउन । पछिल्लो समय चेल्सीका स्टार खेलाडी विलियनलाई अनुबन्ध गर्न विश्वकै प्रतिष्ठित क्लबहरु लागि परेका छन् ।

विलियनलाई अनुबन्ध गर्न विशेष योजनामा बार्सिलोनाले राखेको थियो ।

रियल वा म्यानुले पनि उनलाई अनुबन्ध गर्न चाहेको समाचारहरु बाहिर आएका थिए ।

तर, विलियनले आफु चेल्सीमा रहने बताएका छन् । उनले भनेका छन्, ‘म चेल्सीमा नै रहन्छु । हो मलाई बार्सिलोनाबाट प्रस्ताव आएको थियो । अन्य क्लबबारे मलाई थाहा छैन ।’

केही दिन अगाडि भएको कम्युनिटी सिल्डमा चेल्सी म्यानचेस्टर सिटीसँग २-० गोलले पराजित भएको थियो ।

उक्त खेलमा खेलाडीहरु निराश देखिएका थिए । तर, आत्मविश्वास बलियो बनाउँदै उनीहरुले प्रिमियर लिगमा सानदार कमव्याक गर्ने बताइएको छ ।

The post ‘म बार्सिलोना जान्नँ’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles