Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

मण्डला ब्याडमिन्टन प्रतियोगिता हुने

$
0
0

रोसन दानी
काठमाडौं, २२ साउन । नगर स्तरीय प्रथम मण्डला ब्याडमिन्टन खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

विभिन्न नगरपालिकाहरूका भफणडै ८० समूहको सहभागिता हुने मण्डला ब्याडमिन्टन समूहका अध्यक्ष देवेन्द्र प्रधानले जानकारी दिए ।

उक्त प्रतियोगिताका लागि साउन २५ गतेसम्ममा आवेदन फारम भरिसक्नुपर्ने अध्यक्षले जानकारी दिएका छन् ।

खुला ब्याडमिन्टन प्रतियोगिता प्रथम हुने जोडीले नगद रू पच्चीस हजार, दोस्रोले नगद रू १५ हजार र तृतिय रू १० हजार सहित प्रमाण पत्र र ट्रफि पनि पाउने छन् ।

प्रतियोगिता यहि साउन २६ गतेदेखि चन्द्रागिरी वडा नम्बर ११ वल्खु स्थित मण्डला ब्याडमिन्टन कभर्डहलमा हुने आयोजकले जानकारी दिएको छ ।

The post मण्डला ब्याडमिन्टन प्रतियोगिता हुने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles