काठमाडौँ, २२ साउन । इण्डिया जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन चार खेलाडीसहित पाँच जना नेपाली टोली आज भारतको पुणे प्रस्थान गरेको छ ।
यही साउन २४ देखि २७ गतेसम्म संचालन हुने प्रतियोगितामा सहभागी हुन उनीहरु त्यसतर्फ लागेका हुन् ।
प्रतियोगिताका लागि प्रफुल महर्जन, रकेश महर्जन, प्रिन्स दाहाल र पविन लिङथेपले प्रतिस्पर्धा गर्नेछन् भने उनीहरूकाे प्रशिक्षक तथा व्यवस्थापककाे रूपमा मेघराज कठायत गएका छन् ।
सोह्र राष्ट्रको सहभागिता रहने प्रतियोगितामा नेपालले सिंगल्स र डबल्समा प्रतिस्पर्धा गर्ने नेपाल ब्याडमिन्टन संघका उपमहासचिव लवभक्त श्रेष्ठले जानकारी दिए ।
The post ब्याडमिन्टन खेल्न चार नेपाली खेलाडी भारत प्रस्थान appeared first on Sajha Post.