Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

नेपालका चार खेलाडी आइसिसीको वरीयतामा

$
0
0


काठमाडौं, २३ साउन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को टी–२० बरियताको उत्कृष्ट एकसय खेलाडीभित्र नेपालका चार खेलाडी परेका छन् ।

आइसिसीले मंगलबार सार्वजनिक गरेको टी–२० वरीयतामा नेपालका दुई ब्याटसम्यान र दुई बलर परेका हुन् । ब्याट्सम्यानको वरीयतामा २६५ रेटिङ अंकका साथ कप्तान पारस खड्का ९० औँ र २३८ रेटिङ अंकका साथ शरद भेषवाकर ९८औँ स्थानमा परेका छन् ।

वरीयताको शीर्ष स्थानमा आरोन फिञ्च छन् भने दोस्रो स्थानमा पाकिस्तानको फखर जमान र तेस्रो स्थानमा भारतका लोकेश राहुल छन् ।

नेपालका बलरद्वय बसन्त रेग्मी र सोमपाल कामी क्रमशः ३९७ अंकसहित ७१औँ ३३८ अंकसहित सो ९२औँ स्थानमा छन् । नेपालले गत साता नेदरल्याण्डस्सँग पहिलो अन्तर्राष्ट्रिय खेल खेलेपछि नेपाली खेलाडीको वरीयता तोकिएको हो । रासस

The post नेपालका चार खेलाडी आइसिसीको वरीयतामा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles