२३ साउन । ४०० मिटर हर्डल्सका पूर्व च्याम्पियन निकोलास बेटको सडक दुर्घटनामा परी मृत्यु भएको छ ।
नाइजेरियामा भएको अफ्रिकन च्याम्पियनसिपमा भाग लिएर केन्या फर्किने क्रममा उनी चढेको कार दुर्घटना हुँदा उनको ज्यान गएको थियो ।
दुर्घटनामा २८ वर्षीय बेटको मृत्यु भएको केन्याको खेलकुद मन्त्रालयले पुष्टि गरेको छ ।
केन्याको खेलकुद क्याबिनेटका सविच राशिद इचेसाले ट्विटरमार्फत बेटको निधन भएको र समस्त खेल क्षेत्रको तर्फबाट उनको परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
बेटले सन् २०१५ मा बेइजिङमा भएको विश्व च्याम्पियनसिपमा ४०० मिटर हर्डल्सको स्वर्ण जितेका थिए, जुन केन्याका लागि ८०० मिटरभन्दा कम दूरीको पहिलो स्वर्ण थियो ।
The post केन्याका टप एथ्लिट बेटको कार दुर्घटनामा मृत्यु appeared first on Sajha Post.