एजेन्सी, २३ साउन । केन्याका विश्वचर्चित धावक निकोलस बेटको बुधबार बिहान कार दुर्घटनामा मृत्यु भएको छ । चार सय मिटर दौडमा २०१५ को विश्व च्याम्पियनशिप टाइटल जित्न सफल निकोलस २८ वर्षका थिए ।
निकोलस यसैहप्ता मात्र नाइजेरियामा आयोजना भएको अफ्रिकन च्याम्पियनशिपबाट आफ्नो गृह देश फर्केका थिए ।
प्रहरी कमाण्डर पेट्रिक वाम्बानीका अनुसार निकोलसको इल्डोरेट र काप्साबेटबीचको रोडमा कार दुर्घटनामा परेर मृत्यु भएको हो ।
कारमा निकोलस एक्लै थिए ।
The post विश्व च्याम्पियनशिप धावक निकोलस बेटको कार दुर्घटनामा मृत्यु appeared first on Sajha Post.