एजेन्सी, २५ साउन । विश्व चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डो रियल छाडेर युभेन्टस गएपछि रियलका अर्का स्टार खेलाडी मार्सेलो पनि युभेन्ट्स जाने हल्ला चल्न थालेको छ ।
मिडिया रिपोर्टका अनुसार रोनाल्डो युभेन्टस गएपछि उनले आफ्ना नजिकका साथी मार्सेलोलाई पनि अनुबन्ध गराउन खोजेका छन् ।
रोनाल्डो मार्सेलोलाई अनुबन्ध गर्ने सुझाव दिएसँगै क्लबले पनि उनलाई अनुबन्ध गर्न लबिङ सुरु गरेको बताइएको छ ।
रोनाल्डोले मार्सेलोलाई रियल छाडेर युभेन्टस आउन अनुरोध गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।
रियलमा रोनाल्डोसँगै मार्सेलो लेफ्ट ब्याकमा खेल्थे । रोनाल्डो र मार्सेलोको रियलमा तालमेल निकै सफल भएको थियो ।
The post युभेन्ट्स आउँलान् त मार्सेलो appeared first on Sajha Post.