काठमाडौँ, २५ साउन । यारी मिना बेचेको बार्सिलोनाका अरु दुई खेलाडी पनि इभर्टनमा आवद्ध भएका छन् । अवसर पाएर पनि राम्रो प्रर्दशन गर्न नसकेका पोर्चुगिज खेलाडी आन्द्रे गोमेजलाई पनि बार्सिलोनाले एभर्टन पठाएको हो ।
बार्सिलोनाले डिफेन्डरद्वय लुकास डिने तथा यारी मिनालाई बेचेको भए पनि गामेजलाई भने लोनमा पठाएको हो ।
लोनमा पठाएपछि बार्सिलोनाले एक वर्षको २.६ मिलियन यूरो पाउनेछन् ।
एभर्टनका प्रशिक्षक मार्को सिल्भाले इंग्लिस क्लबको ट्रान्सफर विन्डो सकिनै लाग्दा गोमेजलाई सम्झाएर क्लबमा आउन भनेका हुन् । त्यससँगै गोमेजले एभर्टनको लागि बार्सिलोनामा नै मेडिकल गरेका थिए ।
गोमेजलाई वेष्ट ह्याम तथा भ्यालेन्सियाबाट पनि अफर आएको थियो ।
The post बार्सिलोनाका यी दुई खेलाडीहरु पनि इभर्टनमा अनुबन्ध appeared first on Sajha Post.