Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

एग्वेरोको ह्याट्रिकसँगै हडर्सफिल्डविरुद्ध म्यानचेस्टर सिटीको शानदार जित

$
0
0


काठमाडौँ, ३ भदौ । इङ्लिस प्रिमियर लिगमा विगतमा जस्तै जारी सिजन पनि म्यानचेस्टर सिटीले आफ्नो शानदार प्रदर्शनलाई निरन्तरता दिन सफल भएको छ ।

घरेलु इत्तिहाद स्टेडियममा भएको प्रिमियर लिगको आफ्नो दोस्रो खेलमा सिटीले हडर्सफिल्डविरुद्ध ६–१ को फराकिलो जित निकालेको हो । अर्जेन्टाइन स्ट्राइकर सर्जियो एग्वेरोले सिटीको जितमा ह्याट्रिक सहितको योगदान गरे ।

उनले खेलको पहिलो हाफमा २ र दोस्रो हाफमा १ गोल गरी कुल ३ गोल गरे । उनले २५, ३५ र ७५ औं मिनेटमा गोल गरेका हुन् ।

त्यसैगरी, सिटीका लागि अर्का स्ट्राइकर ग्याब्रियल जेसुसले खेलेको ३१ औँ मिनेटमा गोल गरे भने डेभिड सिल्भाले ४८ औँ मिनेटमा गोल थपे । गोलको वर्षा गरिरहेको सिटीका लागि हडर्सफिल्डका कोङ्गोलोले आत्मघाती गोल उपहार थपिदिए ।

खेलको ४३औं मिनेटमा हडर्सफिल्लडका लागि एकमात्र सान्त्वना गोल स्टानकोभिकले फर्काएर सहानुभूति बटुल्न सफल भए ।

The post एग्वेरोको ह्याट्रिकसँगै हडर्सफिल्डविरुद्ध म्यानचेस्टर सिटीको शानदार जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles