Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

प्रिमियर लिगमा म्यानचेस्टर सिटीले गोलको वर्षात् गरेपछि…

$
0
0

काठमाडौँ, ४ भदौ । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर सिटीले हडल्सफिल्ड टाउनलाई ६-१ गोलले पराजित गरेको छ ।

सिटीका लागि सर्जियो अगुइरोले हयाट्रक गरे ।

उनले खेलको २५ औ, ३५ औ र ७५ औ मिनेटमा गोल गरेका थिए ।

सिजनको दोस्रो खेलमा नै गोलको वर्षात् गरेको सिटीका लागि डेबिड सिल्भा र ग्राबियल जेससले एकएक गोल गरे ।

हडल्सफिल्ड टाउनका टेरेस कोनगोलोले आत्मघाती गोल गरे ।

हडल्सफिल्डका लागि एकमात्र गोल जोन ग्रोनेकले गरे । यो जितसँगै प्रिमियर लिगको शिर्षस्थानमा सिटी उक्लिएको छ । पहिलो खेलमा सिटीले आर्सनललाई पराजित गरेको थियो ।

The post प्रिमियर लिगमा म्यानचेस्टर सिटीले गोलको वर्षात् गरेपछि… appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles