काठमाडौँ, ४ भदौ । रियल मड्रिड यतिखेर क्रिस्टियानो रोनाल्डोको अभावपुर्ति गर्न स्टार खेलाडी अनुबन्ध गर्न हरसम्भव प्रयास गरिरहेको छ ।
बेल्जियम तथा चेल्सीका स्टार खेलाडी इडिन हजार्डले पनि क्लब नछोड्ने बताएपछि रियलले अब कसलाई अनुबन्ध गर्छ धेरैको चासोको विषय बनेको छ ।
इडिन हजार्डले यस सिजन चेल्सीमा नै बस्ने निधो गरेका छन् ।
उनले भनेका छन्, ‘मैले यस सिजन चेल्सीमा नै रहने निर्णय गरेको छु । मलाई लिएर मिडियामा धेरै नै नचाहिने कुरा बाहिर आए । म चेल्सी क्लबप्रति प्रतिबद्ध रहेको छु । मेरो सम्झौता सकिन अझै दुई वर्ष रहेको छ ।’
चेल्सीबाट सानदार खेल प्रदर्शन गर्दै आइरहेका हजार्डलाई रियलले अनुबन्ध गर्न धेरै नै प्रयास गरेको थियो । हजार्ड यो निर्णयले एकपटक फेरि रियल निराश बनेको छ ।
The post रियललाई अर्को झट्का, हजार्ड पनि चेल्सीमा रहने appeared first on Sajha Post.