काठमाडौँ, ५ भदौ । गए राति भएको इंलिस प्रिमियर लिगमा लिभरपुलले क्रिस्टल प्यालेसलाई २–० गोलले पराजित गरेको छ ।
यस सिजनको प्रिमियर लिगको दाबेदार मानिएको लिभरपुलले अर्को क्लिनसिट निकाल्न सफल भएको छ । लिभरपुलका पहिलो गोल जेम्स मिल्नरले गरेका थिए ।
उनले खेलको ४५ औ मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै गोल गरेका थिए ।
दोस्रो हाफमा क्रिस्टल प्यालेसलाई झट्का लाग्यो । खेलको ७५ औ मिनेटमा बिशाकाले रातो कार्ड खाँदा क्रिस्टल १० जनामा सिमित भएको थियो ।
खेलको अन्तिम मिनेटमा लिभरपुलका साइडो मानेले काउन्टर अट्याकमा गोल गरे । यो जितसँगै लिभरपुलले दुई खेलमा शतप्रतिशत नतिजा निकाल्न सफल भएको छ ।
The post उच्च फर्ममा रहेको लिभरपुललाई क्रिस्टल प्यालेसले रोक्न सकेन appeared first on Sajha Post.