काठमाडौँ, ५ भदौ । स्पेनिस लिग ला लिगामा एट्लेटिको मड्रिडलाई भ्यालेनसियाले एकएक गोलको बराबरीमा रोक्न सफल भएकोछ ।
भ्यालेनसियाको घरेलु मैदानमा भएको खेलमा अग्रता भने एट्लेटिकोले बनाएको थियो ।
उसका लागि एन्जल कोरियाले गोल गरेका थिए ।
तर, खेलको ५२ औ मिनेटमा रोद्रिगोले बराबरी गोल फर्काए ।
गएको सिजन दुवै टोलीले सानदार खेल प्रदर्शन गरेका थिए । यस सिजन पनि दुवै टोलीले राम्रो सुरुवात गरेको फुटबल पण्डितहरुको भनाइ छ ।
दुवै टोलीले राम्रा अवसरहरु सिर्जना गरेता पनि फिनिसिङ भने गर्न सकेनन् । यो बराबरी खेलसँगै दुवै टोलीले एकएक अंक जोडेका छन् ।
त्यस्तै गएराति नै भएको अर्को खेलमा एथ्लेटिको बिलबाओले लेगानेसलाई २-१ गोलले पराजित गरेको छ ।
The post एट्लेटिको मड्रिडलाई भ्यालेनसियाले बराबरीमा रोक्यो appeared first on Sajha Post.