Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

‘युरोपको उत्कृष्ट खेलाडी’को सुचीमा यी खेलाडीहरुले मेस्सीलाई पछि पारे

$
0
0

काठमाडौँ, ५ भदौ । युरोपियन फुटबलको सर्वोच्च निकाय (युइएफए) ले सोमबार सार्वजनिक गरेको २०१७–१८ को सिजनको उत्कृष्ट खेलाडीको सुचीमा रियल मड्रिड लुका मोड्रिच, युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो र लिभरपुलका मोहमम्द सलाह परेका छन् ।

गएको सिजन उत्कृष्ट खेल प्रदर्शन गरेका लियोनल मेस्सी भने यसपटक पाँचौ स्थानमा परेका छन् ।

उनको कप्तानीमा उत्रिएको अर्जेन्टिनाले विश्वकपमा पनि खासै गतिलो खेल प्रदर्शन गर्न सकेको थिए ।

तर, विगतका उत्कृष्ट खेलाडीहरुको सुचीको शिर्ष तीनमा भने उनी पर्दै आइरहेका थिए । यसपटक भने उनलाई सलाह, मोड्रिच र रोनाल्डोले पछि पारेका छन् ।

चौथो स्थानमा भने फ्रान्स तथा एट्लेटिको मड्रिडका स्टार खेलाडी एन्टोनियो ग्रिजम्यान रहेका छन् । उनले ७२ अंक प्राप्त गरेका छन् । पाँचौ स्थानमा रहेका लियोनल मेस्सीको भने ५५ अंक मात्र रहेको छ ।

The post ‘युरोपको उत्कृष्ट खेलाडी’को सुचीमा यी खेलाडीहरुले मेस्सीलाई पछि पारे appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles