काठमाडौँ, ५ भदौ । शनिबारबाट सुरु भएको १८ औं एशियाली खेलकुद प्रतियोगितामा हालसम्म चीनले १५ वटा स्वर्ण, १२ रजत तथा ९ काँस्य पदक सहित कूल ३६ पदक जितेको छ ।
त्यस्तै, जापानले ८ स्वर्ण, ११ रजत तथा ११ काँस्य पदक सहित ३० पदक जितेको छ ।
कोरियले पनि ५ स्वर्ण, ९ रजत तथा १० काँस्यपदक सहित २४ उपाधि जितेको छ ।
आयोजक राष्ट्र इन्डोनेसियाले ४ स्वर्ण, २ रजत तथा २ काँस्य, उत्तर कोरियाले ४ स्वर्ण, १ रजत तथा २ काँस्य, इरानले ३ स्वर्ण २ रजत तथा ३ काँस्य, चाइनिज ताइपेइले ३ स्वर्ण, १ रजत तथा ४ काँस्य जितेको छ ।
The post एसियन गेम्सः चीन १५ स्वर्ण पदकका साथ शिर्ष स्थानमा appeared first on Sajha Post.