ताप्लेजुङ, १६ भदाै । तेस्रो पाथिभरा गोल्डकपको फाइनलमा दुई झापाली टिम प्रतिस्पर्धा गर्दैछन् । आज हुने फाइनलमा झापाको न्यूस्टार क्लव र रेडस्टार क्लवबीच प्रतिस्पर्धा हुने भएको हो ।
न्यूस्टारले शुक्रबार अन्तिम सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज् क्लव काठमाडौंलाई पाखा लगाएर फाइनल यात्रा तय गरेको हो । पुरस्कार राशीका हिसाबले हिमाली जिल्ला ताप्लेजुङमा हुने पाथिभरा गोल्डकप निकै चर्चित छ ।
लाखेजात्राको अवसरमा २०२९ सालदेखि निरन्तर हुँदै आएको प्रतियोगिताको विजेताले ३ लाख नगद र ५ किलो चाँदि तथा २ तोला सुन जडित कप पुरस्कार पाउनेछन् ।
The post पाथिभरा गोल्डकप : उपाधिका लागि न्यूस्टार र रेडस्टार क्लव भिड्दै appeared first on Sajha Post.