Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

एशियाडमा पदक जित्ने खेलाडीलाई जनही पाँच लाख

$
0
0

काठमाडौँ, १६ भदौ । इण्डोनेसियामा जारी १८ आैं एशियाली खेलकूदमा रजत पदक जित्न सफल प्याराग्लाइडिङका खेलाडीले जनही पाँच/पाँच लाख पाउने भएका छन् ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप)को २०६८ साल चैत २१ गतेको सञ्चालक समिति बैठकले एशियाडमा व्यक्तिगत स्पर्धातर्फ स्वर्ण जिते २५ लाख, रजत जिते १५ लाख र कास्य जिते  १० लाख तथा समूहगत स्पर्धातर्फ स्वर्ण जिते प्रतिखेलाडी  १०, रजत जिते  पाँच र कास्य जिते  दुई लाख दिने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार नेपाली प्याराग्लाइडिङ टोलीले अब जनही  पाँच लाख पाउने नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घका महासचिव शैलेन्द्र रावतले जानकारी दिए । विमल अधिकारी, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ र विशाल थापाको नेपाली टोलीले प्याराग्लाइडिङको टिम क्रस कन्ट्रीमा नेपाललाई रजत दिएको थियो ।

यस्तै प्रशिक्षकद्वय योगेश भट्टराई र सानुबाबु सुनुवारले जनही  तीन लाख पाउने छन् । त्यसैगरी पदक दिलाएबापत प्रशिक्षक र खेल सङ्घलाई समेत पुरस्कार दिने निर्णय भएको थियो । सोही निर्णयअनुसार प्याराग्लाइडिङ सङ्घले पनि  छ लाख पाउने भएको छ । इण्डोनेसियामा रजत पदक जित्दै नेपाललाई पदकविहीन हुनबाट जोगाएको नेपाली प्याराग्लाइडिङ टोली आइतबार बेलुका नेपाल आइपुग्ने महासचिव रावतले जानकारी दिए । रासस

The post एशियाडमा पदक जित्ने खेलाडीलाई जनही पाँच लाख appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images