काठमाडौँ, १७ भदौ । शनिबार बेलुका भएको प्रिमियर लिगमा लिभरपुलले लेइसेस्टर सिटीलाई २–१ गोेलले पराजित गरेको छ । लेस्टरको घरेलु मैदान किंग्स पावरमा भएको खेलमा लिभरपुलले जित हात पारेको हो ।
यस सिजन उच्च फर्ममा रहेका साडियो मानेले खेलको १० औ मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।
रोबर्टो फिर्मिन्होले पहिलो हाफ सकिन लाग्दा अग्रतालाई दोब्बर बनाए । दोस्रो हाफमा लिभरपुलका गोलरक्षक एलिससनले गल्ती गर्दा लेइसेस्टरले गोल फर्काएको थियो । त्यसपछि ठुलै दबाबमा देखिएको लिभरपुलले लेइसेस्टरको आक्रामणहरु विफल पारेको थियो ।
लिभरपु्लले ४ खेलबाट १२ अंक जोड्लै शतप्रतिशत नतिजा निकाल्न सफल भएको छ ।
लिभरपुल अंकतालिकाको शीर्ष स्थानमा रहेको छ ।
The post प्रिमियर लिगमा लिभरपुलको अपराजित यात्रा कायमै appeared first on Sajha Post.