Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

चेल्सीको सहज जित

$
0
0

काठमाडौँ, १७ भदौ । शनिबार राति भएको प्रिमियर लिगमा चेल्सीले लगातार चौथों जित हात पार्ने क्रममा बोर्नेमाउथलाई २-० गोलले पराजित गरेको छ।

चेल्सीको घरेलु मैदानमा भएको खेलमा पेड्रो र इडेन हाजार्डले एक एक गोल गरे ।

खेलको ७२ औं मिनेटमा पेड्रोले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए भने खेलको ८५ औं मिनेटमा हाजार्डले गोल गर्दै चेल्सीलाई सहज जित दिलाए ।

यो जितसँगै चेल्सीले चार खेलबाट १२ अंक जोडेको छ । लिभरपुलसँग समान अंक भएतापनि गोलभिन्नताका आधारमा चेल्सी दोस्रो स्थानमा रहेको छ ।

The post चेल्सीको सहज जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles