काठमाडौँ, १७ भदौ । शनिबार राति भएको प्रिमियर लिगमा म्यानचेस्टर सिटीले न्युकासललाई २-१ गोल हराएको छ ।
सिटीको घरेलु मैदानमा भएको खेलमा रहिम स्ट्रलिङ र केली वाल्करले एक एक गोल गरेका थिए । न्युकासलका डीआन्द्रे एडलिनले एक गोल फर्काए ।
सिटीलाई खेलको ३० औं मिनेटमा न्युकासलका एडलिनले बराबरी गोल फर्काएका थिए । हालसम्म एक खेल पनि जित्न नसकेको न्युकासलले सिटीलाई खासै दबाब दिन सकेको थिएन ।
खेलको ५२ औं मिनेटमा वाल्करले उत्कृष्ट गोल गर्दै सिटीलाई महत्वपूर्ण जित दिलाए ।
जितसंगै सिटीले ४ खेलबाट १० अंक जोडेको छ । न्युकासललेका चार खेलमा एक अंकमात्र रहेको छ ।
The post म्यानचेस्टर सिटीलाई न्युकासलले रोक्न सकेन appeared first on Sajha Post.