काठमाडौं, १७ भदौ । एसिया कप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत सिंगापुरविरुद्धको खेलमा नेपालले जीतका लागि १५२ रनको लक्ष्य पाएको छ ।
मलेसियामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ४२ ओभरमा अलआउट हुँदै १५१ रन जोड्यो । उसका लागि चेतन रामचन्द्र सूर्यवंशीले सर्वाधिक ६० रन जोडे । सिंगापुरलाई मध्यम स्कोरमा रोक्ने क्रममा ललित राजवंशी र सन्दीप लामिछानेले समान ३, सोमपाल कामीले २ तथा वसन्त रेग्मीले १ विकेट लिए ।
यसअघि खेलेका तीनवटै खेलमा सिंगापुर पराजित भएको थियो । नेपालले एक खेल जितेको छ र दुई खेलमा हार बेहोरेको छ ।
The post एसिया कप छनोट क्रिकेट : सिंगापुरले नेपाललाई दियो १५२ रनको लक्ष्य appeared first on Sajha Post.