Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

हुएस्काविरुद्ध बार्सिलोनाले गोलको वर्षात् गरेपछि

$
0
0

काठमाडौँ, १८ भदौ । आइतबार राति भएको स्पेनिस ला लिगामा बार्सिलोनाले हुएस्कालाई ८-२ गोलले पराजित गरेको छ । बार्सिलोना सिजनको सुरुवातसँगै यतिधेरै फराकिलो अन्तरमा जित हात पार्न सफल भएको हो ।

खेलमा अग्रता भने हुएस्काले लिएको थियो । खेलको तेस्रो मिनेटमा नै हर्नानडेजले गोल गर्दै अग्रता दिलाएका थिए ।

तर, खेलको १६ औ मिनेटमा लियोनल मेस्सीले बराबरी गोल फर्काएका थिए ।
खेलको २४ औ मिनेटमा जर्ज पुलिडोले आत्मघाती गोल गर्दा बार्सिलोनाले अग्रता लियो । खेलको ३९ औ मिनेटमा लुइज स्वारेजले तेस्रो गोल गरे । तर, खेलको ४२ औ मिनेटमा एलेक्स गालरले हुएस्काका लागि गोल गरे ।

दोस्रो हाफमा बार्सिलोना थप आक्रामक देखियो । उसका लागि ४८ औ मिनेटमा ओसमाने डेम्बेलेले चौथो गोल गरे । दोस्रो हाफमा बार्सिलोनाले गोलको वर्षात नै गर्यो । इभान राकिटिकले ५२ औ मिनेटमा गोल गरे । लियोनल मेस्सीले खेलको ६१ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे भने बार्सिलोनाका लागि छैटौ गोल गरे । मनोबल गुमाइसकेका हुएस्काका खेलाडीले बार्सिलोना रोक्न सकेनन् । बार्साका लागि जोर्डी अल्बा र लुइज स्वारेजले थप एकएक गोल गर्दा बार्सिलोनो भारी गोलले हुएस्कालाई पराजित गर्न सफल भयो ।

The post हुएस्काविरुद्ध बार्सिलोनाले गोलको वर्षात् गरेपछि appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles